Section 8
बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको काम, कर्तव्य र अधिकार
८.१ बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रकोे काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ –
८.१.१ बीउ बिजन गुणस्तर नियन्त्रण तथा प्रमाणीकरण सम्बन्धी आवश्यक पूर्वाधारहरू तयार गरी समितिमा पेश गर्ने ।
८.१.२ समितिद्वारा स्वीकृत तरीका, स्तर तथा मापदण्ड अनुसार बीउ बिजन प्रमाणित गरी आवश्यकता अनुसार प्रमाणपत्र दिने ।
८.१.३ उपदफा ९.४ बमोजिम अनुमतिपत्रप्राप्त व्यक्ति वा संस्थाले शर्त बमोजिम काम गरे नगरेकोे अनुगमन गर्ने ।
८.२ बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रकोे अन्य काम, कर्तव्य र अधिकार तथा त्यस्तो केन्द्रले बीउ बिजन गुणस्तर नियन्त्रण तथा प्रमाणीकरण गर्दा अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।